Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजदेखि चल्दैन अनलाइन क्लास

काठमाडौं । विभिन्न बहानामा पैसा उठाउन खोज्दा पनि सरकारले नदिएपछि निजी विद्यालयहरूले आजदेखि अनलाइन शिक्षा बन्द गरेका छन् । निजी विद्यालय सञ्चालकहरुको छाता संस्था प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त बैठक गरेर साउन १ अर्थात आजदेखि नै लागू हुनेगरी शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदा दिँदै अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका हुन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्ना माग सम्बोधन नगरेको भन्दै निजी विद्यालयले अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गरेका हुन् । प्याब्सन र एनप्याब्सनले साउन १ गतेदेखि विद्यालय खोल्न पाउनुपर्ने, विद्यार्थी भर्ना गर्न पाउनुपर्ने, कोरोनाका कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने, अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर शुल्क लिन पाउनुपर्नेलगायतका माग राखेका थिए।