Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यी हुन् कर छलीमा परेका ६ व्यवसायी

काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा विभिन्न कम्पनी सञ्चालक र कारोवारीसहित छ जनाविरुद्ध मुद्दा चलाएको छ । उनीहरुमाथि रु तीन अर्ब ८२ करोड विगो बराबरको राजश्व छली गरेको आरोप छ । उक्त बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ । काठमाडौँ महानगरपालिका–१७ सोह्रखुट्टेमा रहेको हाइटेक इन्टरनेशनल प्रालि सञ्चालकसमेत दुई जनालाई राजश्व चुहावट गरेको अभियोगमा रु दुई अर्ब ४२ करोड ९८ लाख बिगो कायम गरी बिगो असुल, जरिवाना र कैद सजाय मागदाबी लिई मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । यस्तै ललितपुर महानगरपालिका–२ सानेपामा रहेको एसएस मोबाइल एण्ड सर्भिसेज प्रालि र श्रीश्याम इम्पेक्स तथा श्रीश्याम बाबा इन्टरप्राइजेजका सञ्चालक तथा मुख्य कारोवारीसमेत गरी चार जना विरुद्धसमेत आजै कर छलीको आरोपमा मुद्दा चलाइएको छ । उनीहरुविरुद्ध रु एक अर्ब ३९ करोड सात लाख बिगो कायम गरी उक्त बिगो असुल तथा जरिवाना र कैद सजायको माग गरिएको छ ।