Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीका आईजीपीको मिटर ब्याजी मोह

काठमाडौं । आफ्नै संगठनले कारबाही चलाएका मिटर ब्याजका जर्नेलहरु लोकबहादुर टण्डन, वीरेन्द्रलाल श्रेष्ठ महेशसिह मात्र होइनन् काठमाडौं महानगरसँग सडकमा देखिने झुत्रा झाम्रा गरिब बटुलेर पाल्ने नाउमा रकम कुम्ल्याएका गोविन्द टण्डन जस्ताले सोझो मिजास नियम कानुनको चासो लिने नयाँ आईजीपी शैलेश थापालाई फसाउने हुन् कि भन्ने शंका छ ।

प्रहरीको निरीक्षक देखिए एसएसपी हुँदासम्म भक्कु कमायो डिआईजनी भएपछि साधु बन्नेहरुको भिडमा रमेश खरेल, नवराज सिलवाल चलाख थिए । उनीहरुको कमाई मिटरव्याजी नायक बीरेन्द्रलाल श्रेष्ठ र युनिटी गु्रुपका ठग लोकबहादुर टण्डनले चलन गरेकै छन् । आईजीपीलाई बधाई दिन यी पुगे सबै दंग । आईजीपीलाई बधाई दिनेको अपराधमा केरकारले हेर्छ सिआईबीले ध्यान देला विश्वास गर्न सकिन्न ।

पत्रिका विरुद्ध मुद्दा हाल्ने पत्रकारलाई ज्यान लिने धम्की दिने महेश पक्राउपर्दा प्रहरीकै सहयोगले थाइल्याण्ड पुगेका वीरेन्द्रलालले रामप्रसाद पाण्डेसँग १ करोड २५ लाख कुम्ल्याएर पुगेन जग्गा हडपेका हुन् । ओम डिस्टीलरीका अनुराज पहाडी ७ कठ्ठा जमिन गुमाए ठमेलका बुटिक व्यवसायी नरेन्द्र प्रधान पनि श्रेष्ठको परिबन्धमा परेकै हुन् । अहिलेका आईजीपी थापा एसपी हुँदादेखिनै वीरेन्द्रका दोस्ती भएको श्रेष्ठले नै बताउँदै थिए । श्रेष्ठले अधिकांश प्रहरीकै कमाई मिटर ब्याजमा लगाउँथे । क्षमतावानको पदावी पाएका ललितपुरका खान्दानी नवराज सिलवालको भण्डाफोर भएको सिआईबीमा रहँदादेखि हो ।

राज्यप्रति जिम्मेवार नहुने प्रहरीको पोशकामा अपराध गर्नेले संगठनको हुर्मत लिन्छन् । तिनको कुकर्म छानविन गर्ने अपराध महाशाखा र सिआईबीले दर्शाउने व्यवहार आईजीपीको पक्षमा जोडिन्छ । भक्तपुरे बासिन्दा आईजीपी थापाको संगत वीरेन्द्र श्रेष्ठ, लोकबहादुर टण्डन, महेश सिंह, गोविन्द टण्डनहरुसँग बढ्दै जाँदा मिटरव्याजमा पैसा चलाउने कतिको घरवास उठ्ने हो थाहा छैन । किनकि वर्तमान सरकारका गृहमन्त्री रामबहादुर थापा हुन् तर सरकार प्रमुख समाजका ठग र अपराधीसँग मिल्दा जुल्दा भएको उनकै चरित्रले देखाउँछ ।