Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीलाई घेर्ने बैठक बालुवाटारमा होला ?

काठमाडौँ । पार्टीभित्रको विवादले उग्र रुप लिइरहेको बेला पटक पटक स्थगित भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ । आफू इतरको समूह बलियोसँग एक ढिक्का भएका बेला प्रधानमन्त्रीले यो बैठक चल्न देलान् भनेर कसैले पनि अपेक्षा गरेका छैनन् । साह्रै गाह्रो परे प्रधानमन्त्री बैठकमै नबस्ने गरेका छन् ।
बाढीपहिरो र डुबान प्रभावितको उद्धारका लागि भन्दै यसअघि स्थगित गर्दा बैठक आजका लागि सारिएको थियो । तर, अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति नबनेकाले बैठक हुने नहुनेमा अन्योल छ । बैठकअघि अध्यक्षद्वयबीच छलफल हुने जनाइएको छ । स्थगित नभएको खण्डमा बैठक विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटार बस्नेछ । ओलीसँग सहमति नभएपनि आजको बैठक अघि बढाउने र बहुमत सदस्यको निर्णयका आधारमा अघि बढ्ने प्रचण्ड माधव समूहले तयारी गरेका छन् । एक व्यक्ति एक पदको एजेण्डा चर्काउँदै प्रचण्ड(माधव समूहले ओलीलाई सकेसम्म दुबै पद नत्र कम्तिमा एक पदबाट राजीनामा गर्न दबाब दिएपछि स्थायी कमिटी बैठक अघि बढ्न सकेको छैन । असार १० गते सुरू भएको स्थायी कमिटी बैठकमा एजेण्डामा नभएको विषयलाई बैठकमा प्रवेश गराएको भन्दै ओली पक्षीय नेताहरूले विरोध गर्दै आएका छन् । ओलीले बैठक चलिरहेकै बेला सार्वजनिक कार्यक्रमार्फत भारतको निर्देशनमा नेकपाकै नेताहरू सरकार ढाल्न उद्यत भएको आरोप लगाएपछि उनको राजीनामाको विषय स्थायी कमिटीमा पनि प्रवेश गरेको थियो । यद्यपि ओलीको राजीनामाको विषय प्रचण्ड माधव समूहले सरकार र पार्टी सञ्चालनको समीक्षा भन्ने एजेण्डामा माग्ने तयारी गरेका थिए । तर, त्यसअघि नै ओलीले शीर्ष नेतालाई भारतको एजेन्टको अर्थ लाग्ने गरीको आरोप लगाएपछि प्रचण्ड(माधव समूहका नेताहरू ओलीसँग रिसाएका थिए । त्यसयता स्थायी कमिटी बैठक नै भाँडिएको थियो । ओलीले यहीबीचमा संसद अधिवेशन अन्त्य गरे । उनले अध्यादेश ल्याउने र पार्टी फुटाउनेसम्मको तयारी गरेको आरोप लगाउँदै अर्को पक्ष केही दिन रक्षात्मक देखियो । बैठक नै अघि बढ्न नसकेपछि ओली र प्रचण्ड एक्लाएक्लै वार्तामा बसे । तर, विवादको निकास भएन । बरू यहीबीचमा बसेको सचिवालय बैठकमा अग्रिम महाधिवेशनको विषयले प्रवेश पाएपछि नेकपा विवाद मत्थर हुने ठानिएको थियो ।