Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्रियाशील सदस्यद्वारा सामूहिक राजीनामाको तयारी

तनहुँ । शेरबहादुर देउवा र रामचन्द्र पौडेलको इच्छा पूरा गर्दा नेपाली काँग्रेसको अनुशासन समिति समेत विवादमा मुछिएको छ । चौधौं महाधिवेशन तयारीका निम्ति शुरु भएको क्रियाशील सदस्यता नविकरण अभियान विवादमा परेको छ । नेपाली काँग्रेस तनहुँका क्रिायशील सदस्यहरुले पूर्व सहमहामन्त्री गोविन्दराज जोशीमाथि भएको कारबाहीलाई लिएर सामूहिक राजीनामाको तयारी गरिरहेका छन् भने क्षेत्र नं. १ का क्रियाशील सदस्यहरुले नविकरण नगर्ने घोषणा गरेका छन् । यो घोषणापछि वरिष्ठ नेता रामचन्द्र पौडेल रन्थनिँदै सभापति शेरबहादुर देउवाको शरणमा पुगेको थाहा भएको छ ।

कुनै बेला काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले नेविसंघको तनहुँ जिल्ला समितिको सदस्य बनाइदिन गोविन्दराज जोशीलाई निर्देशन दिएर राजनीतिक यात्रा शुरु गरेका रामचन्द्र पौडेलले यतिखेर जोशीविरुद्ध घुडा धसेरै आफ्नो मस्कद पूरा गरे । उनलाई यो महंगो सावित त्यतिखेर हुन्छ जतिखेर उनी संसदको निर्वाचनमा तनहुँ क्षेत्र नं. १ मा उम्मेदवार बन्न पुग्नेछन् । आफ्नै पार्टीका युवा नेताहरूलाई आफूप्रति आकर्षण गर्न नसक्ने पौडेलले सभापति शेरबहादुर देउवासँग गरेका लेनदेनका सम्झौतामध्ये तनहुँका नेता गोविन्दराज जोशी विरुद्धको कारबाही थियो भन्ने छर्लङ्ग हुन्छ ।

काँग्रेसका बादशाह शेरबहादुर देउवा राजनीतिक दुष्ट र कपटी रामचन्द्र पौडेलको स्वार्थ पूरा गर्ने योजनामा बाधक बने । तर, कार्यकर्ता पंक्तिमा लोकप्रिय गोविन्दराज जोशी, पुष्करनाथ ओझो, रामबहादुर विष्टमाथि अनुशासनको लौरी घुमाइएको छ । क्षमता नभएका मौका पाउँदा शेरबहादुर देउवा र रामचन्द्रले कार्यकर्तालाई स्थान दिएनन् । सानो चित्त भएकै कारण यतिखेर हिजोको संस्थापन पक्षका नेताहरूले रामचन्द्र पौडेललाई नेता मान्न रुचाएका छैनन् । त्यही कारण कोइराला परिवारबाट डा. शेखर कोइराला र सिटौला पक्षबाट गगन थापा सभापति र महामन्त्रीको उम्मेदवार बन्ने तयारी गरिरहेका हुन् ।

चुनावमा डडेल्धुरा सधैं शेरबहादुरलाई छाड्नै पर्ने कञ्चनपुरमा कहिल्यै नटेक्ने सांसद बन्न रातारात वाइडवडी खरिद प्रक्रियामा पाएको कमिशनले घर किनेर पार्टीमा त्याग गरेका पुष्करदानथ ओझाहरू डा. आरजु देउवाको पुच्छर नबन्दा ५ वर्ष कारबाही सहनु पर्ने कस्तो प्रजातन्त्र ? व्यवहारमा उतार्दैछ काँग्रेस ? रामचन्द्रलाई तनहुँले अब फल दिँदैन । किनकि यिनले कति कार्यकर्तालाई रोजी रोटी दिलाए ? गाउँको विकास र समृद्धिमा कहाँ टेको लगाए ? जोशी त अहिले पनि तनहुँमा स्वतन्त्र उठे पनि नेकाको मत अत्यधिक पाउँछन् । रामचन्द्रलाई कार्यकर्ताले मरेर चुनाव जिताएका थिए । तर मौका पर्दा सम्धि र छोराको नियुक्तिमा सुशील कोइरालासँग गरेको बार्गेनिङले उनको हैसियत देखिएकै हो । चुनाव भएको २ वर्ष ८ महिनाको अवधिमा कारबाहीको निष्कर्ष निकाल्ने अनुशासन समितिमाथि नै अनुशासनको कारबाही चलाउनु पर्ने भएको छ ।

पौडेलको दरिद्रताले अब कोइराला परिवारले मात्र होइन प्रकाशमान सिंह, अर्जुननरसिंहहरूले समेत साथ नदिने अवस्था आएको छ । आइतबार अर्जुननरसिंह केसीको घरमा हिजोका संस्थापन पक्षका नेताहरू पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध लड्ने मोर्चा कस्तो बनाउने भन्ने छलफलमा भातभान्सासहित सहभागी थिए तर मोर्चाको बनोट भने बन्न सकेन । यसपटक डा. शेखर र गगनले नेतृत्व उछिट्याउने सम्भावना छ । काँग्रेसले दुई वर्ष ८ महिना अघि सम्पन्न भएको निर्वाचनमा बागी उम्मेदवार बनेका र आधिकारीक उम्मेदवारलाई नसघाएको नाउमा पार्टीबाट निष्कासन गरेका झण्डै तीन हजार नेता कार्यकर्ताहरूले आगामीदिनमा अपनाउने रणनीतिक योजनाको मूल्यांकन नगरेको फल नपाउला भन्न सकिँदैन । चाहे त्यो कञ्चनपुरमा होस् वा डडेल्धुरा तनहुँमा ।