Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पहिरोले लियो ९ जनाको ज्यान

काठमाडौँ । वर्षा यामसँगै बाढी पहिरोले जनधनको क्षति पुर्याउने काम रोकिएको छैन । लगातारको वर्षासँगै पहिरोमा घर पुरिँदा कालिकोटमा ९ जनाको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको हो । गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले नरहरिनाथ गाउँपालिका–४ गोदी र ७ बाँगामा पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको बताइएको छ । पहिरोमा २ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने उनीहरुको पहिचान खुलेको छैन । घटनास्थल सदरमुकाम मान्माबाट करिब १८ कोष टाढा छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा परिचालन गरिएको जनाइएको छ ।