Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नबिलले दिनेभो चेक बिनै एक लाख भुक्तानी

काठमाडौं। नबिल बैंकले ‘स्क्यान एन्ड वीड्र’ सुविधाको सुरुवात गरेको छ । बैंकले स्क्यान एन्ड वीड्रमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एक लाख रूपैयाँसम्म रकम झिक्न सक्ने जनाएको छ। बैंकका अनुसार हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखामा उपलब्ध छ।

नबिलले चाँडै यो सेवा सेवालाई देशभरिका शाखाहरुमा उपलब्ध गराउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ सेवाको सुरुआतको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, अब नबिल बैंकका ग्राहकले चेक वा एटिएम कार्ड बोक्न बिर्सिए पनि आफ्नो मोबाइल बैंकिङ एपमा लग इन गरी बैंकको काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट रकम झिक्न सक्नेछन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि नबिल बैंकले यस पद्धतिमार्फत कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाएको विज्ञप्तिमा जनाइएको छ।

ग्राहकले क्यूआरकोड स्क्यान गर्दा स्वतः ग्राहकको खाताबाट रकम घट्ने र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्ने भएकाले यो प्रविधि सुरक्षित रहेको बताइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले स्क्यान एन्ड वीड्रमार्फत नबिल बैंकका ग्राहकहरुले सहज र छिटो सेवा प्राप्त गर्ने अपेक्षा गरे। नेपालकै पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापनासमेत गरेको जनाएको छ।