Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कता पो मोडियो सनराईजको विवाद

काठमाडौं । लगानीयोग्य पुँजी बैंकमा थुप्रिएसँगै बैंकहरुमा तनावको स्थिति छ । लगानीकर्ताहरुले दिएको टार्गेट पूरा गर्ने दायित्व निर्वाह गर्न सिइओहरुले सकिरहेका छैनन् । लगानीको वातावरण नबन्दासम्मको अवस्था त्यही हो । यही बेला सनराईज बैंक भित्रको विवाद मोडिएको छ । बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालसँग मागको स्पष्टीकरणले पूर्णता नपाउँदै विज्ञ सञ्चालक ओमकृष्ण जोशीको राजीनामा माग भएको छ । कम्पनी सचिव ईश्वार कुमार पाठक र कन्सल्ट्यान्ट वकिल बालकृष्ण ढकालले जोशीसँग राजीनामा मागेका छन् । अध्यक्ष मोतिलाल दुगडलाई उदृत गर्दै उनीहरुले जोशीको राजीनामा मागेका हुन् । अध्यक्ष दुगडले आज ३ बजे सञ्चालक समितिको बैठक राखेका छन् । बैंठकको मुख्य अजेण्डा प्रमुख कार्यकारी अधिकृतको पिजेन्टेशन राखिएको छ । अजेण्डामा प्रमुख कार्यकारी अधिकृत पौड्यालसँग गत विहीबार सोधिएको स्पष्टीकरणबारे विषय छैन । जोशी सनराइज बैंकमा गाभिएको नेशनल नारायणी फाइनान्समा प्रमुख कार्यकारी अधिकृत थिए । मर्ज भएपछि तत्कालिन फाइनान्सका अध्यक्ष आरके मानन्धर, महेन्द्रलाल प्रधान लगायत प्रमोटरको प्रस्तावमा विज्ञ सञ्चालक भएका थिए ।