Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोरोना कहरले डिजिटल भुक्तानलाई बढावा दिएको छ । एनएमबि बैंकले यातायात क्षेत्रमा डिजिटल भुक्तानी च्यानल प्रबर्द्धन गर्न एन–क्लाउड प्राइभेट लिमिटेडसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताले सम्पर्क रहित कार्ड र पीओएस टर्मिनलहरूको माध्यमबाट सार्वजनिक यातायातहरूमा डिजिटल भुक्तानी संकलन प्रणाली लागू गर्नेछ । यस परियोजनाको शुरुवात किपु बस सेवा प्रालिसँग हुनेछ जहाँ यात्रुहरूले बस भाडा कार्डको प्रयोग गरी सम्पर्क रहित भुक्तानी गर्न सक्नेछन् । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एन–क्लाउडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रनारायण श्रेष्ठले हस्ताक्षर गरे । कोभिड–१९ को प्रतिकुल परिस्थिति र अपनाउनु पर्ने सुरक्षा उपायहरूको माझमा गरिएको यो सम्झौता सामाजिक दूरी कायम गर्न मद्दत पु¥याउन यातायात क्षेत्रमा यस परिवेशमा प्रदान गरिएकोे पहिलो प्रयास हो । यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगदबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ ।
बैंकले चाँडै नै अन्य बस समितीसँग समझदारी गरी समानान्तर बस भाडा संकलन प्रणालीको लागी अन्य बस अपरेटरहरूसँग पनि सहकार्य शुरू गर्ने उद्देश्य लिएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल