Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माइला लामा जेल चलान

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा जेल चलान भएका छन् । शनिवार मध्यराति पक्राउ परेका उनलाई प्रहरीले आज ललितपुर जिल्ला अदालतमा पेश गरेको थियो । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।

हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत लगिएका लामालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो ।

काठमाडौंको गोठाटारबाट राति साढे १२ बजे लामालाई पक्राउ गरिएको थियो । उनलाई नख्खुस्थित एनसेल टावरमा विष्फोट गराएको, उपत्यकाका विभिन्न स्थानमा बम विष्फोट गराएको लगायतका अभियोगमा मुद्धा अघि बढाइएको छ ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि लामालाई नख्खु कारागारमा लगिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बताए ।

यसअघि पक्राउ परेका विप्लव समूहका अर्का नेता हेमन्त प्रकाश ओली पनि नख्खु जेलमै छन् ।