Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बन्यो कोरोनाको भ्याक्सिन, राष्ट्रपतिकी छोरीलाई परीक्षण

एजेन्सी। विश्वकै पहिलो कोरोनाभाइरस भ्याक्सिनले आधिकारिक रुपमा स्वीकृति पाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार उनको देशले कोरोनाभाइरसको पहिलो भ्याक्सिन बनाएको घोषणा गरे । पुटिनले यो भ्याक्सिन विश्वकै पहिलो सफल कोरोना भ्याक्सिन भएको दावी गरे । यसलाई रुसको स्वास्थ्य मन्त्रालयले प्रयोगको स्वीकृति दिएको पनि पुटिनले घोषणा गरे । पुटिनले आफ्नी छोरीले पनि यो भ्याक्सिन लगाएको जानकारी दिए । समाचार एजेन्सी एएफपीका अनुसार यो भ्याक्सिनलाई रुसको गेमालेया इन्स्टिच्युटले बनाएको हो । मंगलबार रुसको स्वास्थ्य मन्त्रालयले भ्याक्सिन सफल भएको प्रमाणीकरण गरेको छ । यसलगत्तै राष्ट्रपति भ्लादिमिर पुटिनले यो भ्याक्सिनको उत्पादन छिटै सुरु गरिने ठूलो संख्यामा भ्याक्सिनको डोज बनाइने घोषणा गरे । पुटिनका अनुसार उनकी छोरीलाई कोरोनाभाइरस संक्रमण भएको थियो त्यसैले उनलाई यो भ्याक्सिन दिइयो । केही समयको लागि उनको शरीरको तापक्रम बढ्यो तर अब उनी ठिक छिन् ।