Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाको पैसा कता जान्छ जर्सा’ब ?

काठमाडौँ । राज्यको ढुकुटी खर्च गर्न कोही सक्रिय हुन्छन् भने नेपाली सेनाका जर्नेल उपरथी ताराध्वज पाण्डे भने पृतनामा प्राप्त भएको पैसा खर्च नगरी व्यारेकका सिपाहीहरूलाई धम्क्याउँदै छन् । प्रधान कार्यालयले मातहतका व्यारेक, गण र गुल्मका लागि पर्सनल प्रोटेक्टिभ इकुपमेन्ट र माक्स खरिद गरी प्रयोग गर्न पठाएको रू. ३० लाख खर्च गर्न जर्नेललाई किन कठिन भयो ? शङ्काको विषय यो बन्दै छ । कोरोनाको महामारीले बाहिनी र गणहरू आतङ्कित छन् । तर अहङ्कारी जर्नेलले चासो दिएका छैनन् । अत्याचार हुनु त सेनामा सामान्य हो । फिल्डमा समेत नकिस्कने र व्यारेकमा आफू मस्ती गर्ने अधिकृत तथा क्याडेटहरूलाई मुख छाड्ने जर्नेल पाण्डेको हैकमले प्रदेश सरकार, स्थानीय प्रशासनमा समेत अप्ठ्यारो अवस्था आएको बताइन्छ । जर्नेलले चासो नदिए पनि पृतना र बाहिनीका मात्र होइनन्, गणका कमान्डरहरू बरु यो महामारीमा सचेत छन् । जर्नेल ताराध्वजको हैकम राणाकालीन अवस्थाको छ । आफू मस्तराम गण र बाहिनीका कर्णेलहरूको डेरामा परिवार राखेर क्वार्टर प्रयोग गर्न नदिने तनाशाही स्वाभव जर्नेलमा रहेको पीडितहरूले बताएका छन् । राम्रो शब्द नभएका पाण्डेले कस्तो स्कुल र क्याम्पसमा पढे होलान् ? सेनालाई अनुशासित बनाउने प्रधानसेनापति पूर्णचन्द्र थापाले अनुसन्धान गर्लान् कि ! सिपाहीहरू बाटो हेर्दै छन् ।