Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हट्यो दुई क्याप्टेनको संवादहिनता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का क्याप्टेनको संवादहिनता अन्त्य भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड १० दिनपछि छलफलमा जुटेका हुन्। अहिले बालुवाटारमा छलफल जारी रहेको छ। साउन २० यता छलफल हुन सकेको थिएन्। प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले छुट्टै पत्रकार सम्मेलनपछि भेटको वातावरण बिग्रिएको ओली पक्षीय नेताहरु बताउँछन्। त्यसपछि आज संवाहीनता तोडिएको हो। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि स्थायी कमिटी बैठक पनि रोकिएको छ। असार १० गतेदेखि सुरु भएको बैठक साउन १३ गतेपछि बस्न सकेको छैन। १३ गते ओलीले स्थगित गरेको बैठक प्रचण्डले सञ्चालन गरेपछि विवाद बढेको थियो। स्थायी कमिटी बैठकमा प्रचण्डसहितका नेताहरुले ओलीको राजीनामा माग गरेका थिए। ओली राजीनामा नदिने अडानमा छन्। पार्टी विभाजन हुन लागेको भन्दै दोस्रो र तेस्रो तहका नेताहरुले खबरदारी गरिरहेका छन्। केही दिन अघि ६१ जना सांसदले पार्टी विभाजनमा नलाग्न नेतृत्वलाई आग्रह गरेका थिए।