Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आयल निगम छिर्यो कोरोना, लेखा शाखा सिल

काठमाडौं । राजधानी काठमाडौंलाई हटस्पट बनाउँदै लगेको कोरोना संक्रमणले सिंहदरबार अगाडि रहेको नेपाल आयल निगमलाई पनि सताउन पुगेको छ । निगमका केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि केन्द्रीय कार्यालय सिल गर्ने तयारी भइहरेको बताइएको छ । निगमको लेखा विभागलाई भने सिल गरिसकेको एक कर्मचारीले बताए । स्वास्थ्यकर्मीको टोली आएर त्यहाँ कार्यरत कर्मचारीको स्वाश संकलन गरी सकेका छन् । स्वावको रिपोर्ट नआएसम्मका लागि कार्यालय सिल गर्न लागिएको बताइएको छ । केही दिन अगाडि आयल निगम केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुको स्वाद परीक्षणका लागि संकलन लगिएको थियो ।