Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पहिरोले वडा सदस्यको घर पुर्यो, ६ जनाको मृत्यु

कालीकोट । कालिकोटको महाबै गाउँपालिका–३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको ज्यान गएको छ । पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा परिवारका ६ जनाको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र दाजु डिलबहादुर विष्टका दुई छोरी गरी ६ जनाको ज्यान गएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिएका छन् । स्वकीय सचिव सिंहले आफू घटनास्थलमा नै भएको र उद्धारमा लागिरहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटले भने मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको जानकारी गराउँदै उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।