Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पृथ्वी राजमार्गमा एम्बुलेन्स र अत्यावश्यक सवारी मात्र

काठमाडौं । राजधानी काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमित बढेपछि उपत्यका भित्रिने मुख्य राजमार्ग पृथ्वी राजमार्गमा कडाइ गरिएको छ। धादिङको सुरक्षा समिति बैठकले एम्बुलेन्स र अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई मात्रै पृथ्वी राजमार्गमा चल्न दिने निर्णय गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी रूद्रबहादुर मल्लले अर्को व्यवस्था नभएसम्म पृथ्वी राजमार्गमा कडाइ गरिएको जानकारी दिए। एम्बुलेन्स र खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधनलाई मात्रै आवतजावत गर्न दिने निर्णय भएको छ उनले बताएका छन् । चितवन र धादिङको सीमा मौवाखोलादेखि धादिङ र काठमाडौंको सीमा पिपलामोडसम्म चल्न नदिने निर्णय भएको बताएका छन् । काठमाडौंमा कोरोना संक्रमित बढेकोले यस्तो निर्णय गर्नुपरेको उनले जानकारी दिए। आज बिहानदेखि अर्को आदेश नभए सम्मका लागि पिपला मोडदेखि मौवाखोलासम्म निषेधाज्ञा जारी गर्दै मालवाहक सवारी साधन र एम्बुलेन्स बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको उनले बताए।