Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हिमालयन बैंकको नाफा साढे दुई अर्ब

काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष ०७५–०७६ को चौथो त्रैमासमा आइपुग्दा २ अर्ब ५४ करोड नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७६ करोड कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत आर्थिक वर्षमा बैंकको नाफा ८ प्रतिशतले घटी हो । चुक्ता पुँजी ९ अर्ब ३७ करोड रहेको बैंकले रिजर्भमा ८ अर्ब १७ करोड राखेको छ । यस अवधिसम्ममा बैंकको वितरण योग्यमुनाफा १ अर्ब ३० करोड रहेको छ । बैंकको निक्षेप १४ दशमलव ५१ प्रतिशतले बढेर १ खर्ब २५ अर्ब पुगेको छ भने कर्जा प्रवाह ९ दशमलव ६६ प्रतिशतले बढेर १ खर्ब १ अर्ब पुगेको छ । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ५ दशमलव ४६ प्रतिशतले घटेर ४ अर्ब ७५ करोड पुगेको छ ।
बैंकको खराब कर्जा १ दशमलव ०१ प्रतिशत रहेको छ । बैंकको प्रति शेयर आम्दानी २७ रुपैयाँ १३ पैसा, प्रति शेयर नेट वर्थ १८७ रुपैयाँ २० पैसा , मूल्य आम्दानी अनुपात १९।९१ गुणा, बेस रेट ८ दशमलव ३८ प्रतिशत रहेको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल