Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वीरगञ्ज भन्सार भष्मासुरको मैदान

रसुवाले पुर्यायो लक्ष्य
काठमाडौं । सरकारले जतिसुकै राग अलापे पनि भन्सारमा राजश्व तोकिएको लक्ष्य हासिल गरेको छैन । देशको प्रमुख नाका वीरगञ्जमा १ खर्ब ७१ अर्ब ६० करोड ५८ लाख ४६ हजार राजश्व उठ्नु पथ्र्यो । तर कर्मचारीले राजश्व मारेर आफ्नो खल्ती भर्दा लक्ष्यमा पुगेन । वीरगञ्जले असार मसान्तसम्म १ खर्ब ४७ अर्ब ५२ करोड ५९ लाख ८१ हजार राजश्व उठाएको छ ।
वीरगञ्जमा सुख्खा बन्दरगाह छ । भन्सार र बन्दरगाह दुवै ठाउँको गरी उक्त परिणाम तोकिएको हो । भन्सारमा जान अहिले कर्मचारीहरू मान्दैनन् भन्दै विभागका हाकिमहरू उम्कने गर्छन् । भन्सारका हाकिमहरूले आफ्ना खल्ती भर्ने उद्देश्य र लक्ष्य राख्दा भन्सारमा राजश्व हराएको भन्सार एजेन्टहरू बताउँछन् । राजश्व सचिवले अफ्नो पकेटका मान्छे भन्सार प्रमुख बनाएर खटाउने चलन छ । अर्थमन्त्री डा. युवराज खतिवडालाई राजश्व लक्ष्यमा पु¥याउनु भन्दा जनतालाई निचोर्न नै सहज छ । जथाभावी कर लगाएर श्रम गरेर जीवन धान्नु पर्ने वर्गलाई जबर्जस्त प्यानमा धकेल्नु वर्तमान सरकारको अपराध हो । मन्त्रीहरूले हाल मच्चाएको लुट मात्र नियन्त्रण हुने हो भने मनपरी राजश्व धुत्न आवश्यक हुँदैन । उता रसुवा भन्सारले भने यो वर्ष १२ प्रतिशत राजश्व बढाएको छ । कार्यालयको लक्ष्य रु ९ अर्ब ५० करोड ६२ लाख थियो तर उठायो रु १० अर्ब ६० करोड २४ लाख त्यहाँ । पुन्यविक्रम खड्का भन्सार प्रमुख छन् । त्यही बसेर आएका अर्का लुटाहा केदार पनेरुमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा पर्दैछ । तातोपानी नाका बन्द हुँदा राजश्व बढेको हो । अहिले तातोपानी नाका खुलेको छ । नेपालमा चिनियाँ नाका हुँदै भित्रने ठूलो विकासे आयोजनाका सामान पनि त्यहीबाट आएका छन् । उता बाँकेमा भन्सार एजेन्टहरूको कारण पटक पटक नाकामा विवाद हुने गर्छ । त्यहाँ दैनिक रु ३ करोड ५० लाख राजश्व संकलन हुने गरेको छ । सरकारलाई राजश्वको लक्ष्यमा पु¥याउने भन्सारको रुपमा रसुवा, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा, काकडभिट्टा, बिराटनगरलाई लिइन्छ ।