Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भयावह अवस्था आएपछि पर्सामा सेना परिचालन

वीरगञ्ज । कोरोना संक्रमणले थिलथिलो पारेको देशको प्रमुख नाका पर्सामा निषेधाज्ञामा थप कडाइ गर्न आइतबारदेखि नेपाली सेना सडकमा निस्किएको छ । निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि सेना परिचालन गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले दिएका छन् । पर्साका सडकमा आइतबारदेखि नै सेनाले गस्ती शुरु गरिसकेको छ । वीरगञ्जमा साउन १० गतेदेखि र पुरै पर्सा जिल्लामा साउन १९ गतेदेखि निषेधाज्ञा छ । तर मुख्य सडक क्षेत्र बाहेकका गल्लीहरुमा मानिसहरुको चहलपहल रोकिएको छैन । संक्रमित बढी भेटिएका क्षेत्रहरु माइस्थान, बिर्ता, मुर्लीलगायतका ठाउँमा पनि तरकारी, खाद्यान्नका लागि पसल खोल्ने र मानिसहरुको चहलपहल देखिने गरेको छ । जिल्ला सुरक्षा समितिले समुदायमा फैलिएको संक्रमणलाई थप फैलिन नदिन निषेधात्रामा कडाइ गर्नुपर्ने आवश्यकता देखिएको निश्कर्ष निकालेको थियो ।