Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वास्थ्यकर्मी र मेयरसहित थप ९२ जनामा कोरोना

पर्सा । कोरोना संक्रमणको हटस्पट बन्दै गएको पर्सामा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियारसहित वीरगञ्ज महानगरपालिका ३८, पोखरीयाका ३३, जगरनाथपुरका १५ र सखुवाप्रसौनीका ६ जना छन् ।

आइतबार अबेर राति आएको परीक्षण रिपोर्टअनुसार पोखरियाका मेयर रौनियारसहित उनको परिवारका ८ जना र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मीसहित ३३ जनामा संक्रमण पुष्टि भएको वीरगञ्जस्थित नारायणी अस्पताल प्रशासनले जनाएको छ ।