Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सैनिकको कब्जाबाटै राष्ट्रपतिको राजीनामा

एजेन्सी । पश्चिम अफ्रिकी देश मालिका राष्ट्रपति इब्राहिम बुबाकार केयटाले राजीनामाको घोषणा गरेका छन्। सैनिकहरूको कब्जामा परेपछि उनले त्यस्तो घोषणा गरेको सरकारी टेलिभिजनले जनाएको छ। टेलिभिजन सम्बोधनमा राष्ट्रपति केयटाले सरकार र संसद्‍ पनि भङ्ग गरेको बताए। उनले भने, “म आफूलाई शक्तिमा राखिरहन रगत नबगोस् भन्ने चाहन्छु।” उनको त्यस्तो घोषणा उनी र प्रधानमन्त्रीसहित अन्य अन्यलाई सैनिकहरूले गिरफ्तार गरेर राजधानी नजिकैको एउटा छाउनीमा लगिएपछि आएको हो। उक्त घटनाको क्षेत्रीय सङ्गठन सहित अन्तर्राष्ट्रिय रूपमा भर्त्सना गरिएको छ। यसअघि राष्ट्रपति इब्रहिम केयटालाई सैनिकले गिरफ्तार गरेको कुरा सरकारका एकजना प्रवक्ताले बीबीसीलाई पुष्टि गरेका थिए।
‘भाइचारा संवाद’ को निम्ति अपिल गरेपनि प्रधानमन्त्री बूबू सीशे पनि पक्राउ परेका छन्। उनीहरूलाई मालीको राजधानी बमाकोबाट करिब १५ किलोमिटर टाढा रहेको कटीस्थित एउटा मुख्य सैन्य शिविरमा राखिएको बताइएको छ। जहाँ मङ्गलवार बिहान गोली चलेको आवाज सुनिएको थियो। कनिष्ठ सैनिक अधिकृतले त्यहाँका उच्च कमान्डरलाई कब्जामा लिएर छाउनी नियन्त्रणमा लिएपछि विद्रोही सैनिकले राजधानीमा मार्च गरेका छन्। उनीहरूलाई राजधानीमा राष्ट्रपतिविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूले खुसी प्रकट गर्दै स्वागत गरेका थिए। त्यसपछि दिउँसो राष्ट्रपति केयटाको निवासमा सैनिकले धावा बोलेर उनी र त्यहीँ रहेका प्रधानमन्त्रीलाई गिरफ्तार गरेका हुन्। भ्रष्टाचार, अर्थतन्त्रको खराब व्यवस्थापन, जिहादीका कारण बिग्रिँदै गएको सुरक्षा अवस्था र बढ्दो जातीय हिंसालाई लिएर व्यापक असन्तुष्टि छ। प्रदर्शनकारीहरूले त्यसको दोष राष्ट्रपतिमाथि लगाउने गरेका छन्। (बीबीसीबाट)