Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । हिजोको तुलनामा आज कोरोना संक्रमण केही घटेको छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा समेत कोरोना संक्रमित घटेका हुन् । उपत्यकामा थप १५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपु्रमा ८ जना रहेका छन् । यस्तै देशभर ६८१ जनामा संक्रमण पुष्टि भएको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या १२० पुगेको छ । आज पीसीआर विधिबाट ११ हजार ५ सय २२ परीक्षण भएका छन ।
देशभरी आइसियुमा १ सय ३१ र भेन्टिलेटरमा ६ जना जना संक्रमित उपचाररत रहेका छन् । देशभरीका आइसोलेसनमा ११ हजार १ सय १८ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा १ हजार ६०, प्रदेश नम्बर २ मा २ हजार ३७, बागमती प्रदेशमा २ हजार ६ सय ८९ र गण्डकी प्रदेशमा २ सय ८८ जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ३८, कर्णाली प्रदेशमा २ सय ४५ र सुदूरपश्चिम प्रदेशमा ८ सय ३० गरी संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८७ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ५, प्रदेश नम्बर २ मा २ हजार ५ सय ४५ बागमती प्रदेशमा १ सय ११ र गण्डकी प्रदेशमा २७ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ सय ४, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा २८ गरी ३ हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेका छन् ।
प्रदेश नम्बर १ मा १ हजार १ सय ४४, प्रदेश नम्बर २ मा ३ हजार ७ सय ९३, बागमती प्रदेशमा ७ सय २४ र गण्डकी प्रदेशमा १ हजार ५ सय ६८ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ९०, कर्णाली प्रदेशमा १ हजार ९ सय ६१ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय २० जना गरी १७ हजार ७ सय जना डिस्चार्ज भएका छन् ।
आज देशभरीका क्वारेन्टिनमा १३ हजार ५ सय ७१ जना रहेका छन । प्रदेश नम्बर १ मा २ हजार १ सय १६, प्रदेश नम्बर २ मा १ हजार ४ सय ८५, बागमती प्रदेशमा ९ सय ४९ र गण्डकी प्रदेशमा २ हजार ९ सय २ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ९ सय ३१, कर्णाली प्रदेशमा ६ सय २३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ६५ जना क्वारेन्टिनमा रहेका छन् ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल