Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुबई विमानस्थलमा अलपत्र २६२ नेपाली स्वदेश फर्किन पाउने भए

दोहा । उद्धारका नाममा नेपाल एयलाइन्सलाई ग्राउन्डेड गरेर अन्य विमानकम्पनीहरुलाई चौबर भाडा असुल्न दिइरहेको छ । तर पनि नेपालीले आफ्नो मुलुक फर्किन पाएका छैनन् । यूएईको दुबई विमानस्थल पुगेर अन्तिम समयमा उडान रद्द भएर अलपत्र परेका नेपालीहरुको लागि अगष्ट २३ तारिख अर्थात आइतबार बिहान उडान हुने भएको छ । उडान रद्द भएपछि गत अगस्ट १८ तारिख स्वदेश फर्किन नपाएका २६२ जना नेपालीहरुलाई नेपाल एअरलाइन्सको उडानमाफर्त नेपाल पठाउन लागिएको एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनका अनुसार २६३ जना यात्रुहरुले अगस्ट २३ तारिख हुने बिहानको उडानका लागि आ(आफ्नो टिकटको मिति परिवर्तन गराउन आज नै नेपाल एअरलाइन्सको अफिसमा जना समेत सबैलाई अनुरोध गरेका छन् । साथै उनले फेरि कोरोना परिक्षण गर्नु पर्ने भएकाले यसअघि आरडीटी वा पीसीआर टेस्टको समयावधि सकिएको भन्दै आज र भोलि भित्र पुनस् आरडीटी टेस्टको लागी अल शबाब अल अहली क्लवमा वा पीसीआर टेस्ट गर्नसमेत उनले आग्रह गरेका छन् । नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्थापन नभएकाले सबै चार्टर्ड उडान रद्द भएपछि उडानको लागि दुबई विमानस्थल पुगेका २६२ जना नेपालीहरु अलपत्र परेका थिए।