Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गाउँपालिका प्रमुखसहित जिल्लामा ३१ जनामा कोरोना संक्रमण पुष्टि

परासी । गाउँपालिका प्रमुखसहित जिल्लामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पश्चिम नवलपरासीमा आज मात्र ३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले समुदायस्तरमा गरेको कोरोना परीक्षण गर्दा ३१ जनाको रिपोर्ट पोजेटिभ आएको जनाएको छ । स्वास्थ्य कार्यालय अनुसार जिल्लाको पाल्हीनन्दन गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी र स्थानीयमा गरी कुल २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पृथ्वीचन्द अस्पतालका ३ जना डाक्टर र १ नर्स गरि ४ र बर्दघाट नगरपालिकाका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षणमा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष र गाउँपालिकाको स्वास्थ्य शाखाप्रमुख सहित केही कर्मचारीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यता जिल्ला अस्पताल पृथ्वीचन्द्रका २ विशेषज्ञ र एकजना एमबीबिएस र एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना पुष्टि भएकाहरुलाई आइशोलेशन पठाउने तयारी भैरहेको र उनीहरुको कन्टेक्ट ट्रेसिङ्ग पनि भैरहेको कार्यालयले जनाएको छ । जनप्रतिनिधि र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीहरुको पनि पिसिआर गर्ने गाउँपालिकाले जनाएको छ । जिल्लामा कोरोनाको संक्रमण बढदै जाँदा जिल्ला प्रशासन कार्यालयले त्यसको रोकथामका लागि भदौ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरेको छ ।