Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौंमा ह्वात्तै बढ्यो संक्रमण, ३०१ लाई कोरोना

काठमाडौं । कोरोना संक्रमणले राधजानीलाई नराम्रोसँग प्रभावित बनाएको छ । झन झन पछि कोरोना संक्रमितको संख्या उपत्यका बढ्ने क्रममा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा थप ३०१ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा जागेश्वर गौतमले उपत्यकामा काठमाडौंका २३०, ललितपुरका ४७ र भक्तपुरका २४ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

देशभर थपिए ८८५ कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८५ जनालाई कोरोना भाइरस पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा जागेश्वर गौतमले देशभर ८८५ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । २४ घण्टामा १३ हजार २५३ जनाको पीसीआर परीक्षण भएको छ । संक्रमितमध्ये हालसम्म १९ हजार ५६४ जना निको भइसकेका छन् । सक्रिय संक्रमितको संख्या १४ हजार ५६४ रहेको छ ।