Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नोबेल मेडिकल कलेजका ५५ जना स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

मोरङ । ज्यानको बाजी थापेर कोरोनासँग लड्नुपर्ने स्वास्थ्यकर्मीमाथि नै पेलान भएपछि विराटनगरको नोबेल मेडिकल कलेजमा कार्यरत ५५ स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिएका छन्। गत मंगलबार कलेजको इमरजेन्सी विभागमा कार्यरत ५५ जना स्वास्थ्यकर्मीले राजिनामा दिएका हुन्। राजिनामा दिनेमा पारामेडिमक्स, एच ए र स्टाफ नर्स रहेका छन्। नोबेल मडिकल कलेजका स्वास्थ्यकर्र्मीले सुरक्षा समाग्री पाउनु पर्ने, समयमा नै पारिश्रमिक पाउनु पर्ने र कोरोना महामारीमा काम गर्दा प्रोत्साहन भत्ता पाउनु पर्ने माग गरेका थिए। तर व्यवस्थापनले अटेर गरेपछि सामुहिक राजिनामा दिएका हुन्।

यसअघि नै कलेजका कर्मचारीले समयमा नै पारिश्रमिक नपाएको कलेज प्रशासनले स्वास्थ्यकर्र्मीलाइ पर्याप्त सतर्कताका सामाग्री पनि उपलब्ध नगराएकोमा उनिहरुले पटकपटक बिरोध समेत गरेका थिए। कोरोना महामारीको यस बिपत् घडीमा स्वास्थ्यकर्मीहरुले नै सामुहिक राजिनामा दिएपछि देशको स्वस्थ्य क्षेत्रको स्थितिमा नै प्रश्न उठेको छ। केही दिनअघि दुई जना डाक्टरलाई कोरोना संक्रमणका कारण काठमाडौ लैजाँदा अस्पतालका कर्मचारीले नै पैसा उठाएर एम्बुलेन्समा पठाएका थिए। आफूहरुको पनि त्यस्तै स्थिति आउन सक्ने भएकाले पर्याप्त सुरक्षा उपकरण, कोरोना उपचार बीमाका लागि माग गर्दा प्रशासनले कुनै प्रतिक्रिया नजनाएका कारण पनि राजिनामा दिन बाध्य भएको राजिनामा दिनेमध्येका एक स्वस्थ्यकर्मीले बताए। हाल प्रशासनले राजिनामा स्विकृत गरिसकेको छ। राजिनामा दिनेहरुले स्वास्थ्यकर्मीमाथि गैरजिम्मेवार भई हेपाहा प्रवृत्ति देखाएकोको र आफूहरु मारमा परेक गुनासो गरेका छन्। नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कर्मचारीले राजीनामा पत्र बुझाएको जानकारी दिए। उनका अनुसार कर्मचारीले पाँच हजार पारिश्रमिक थप गर्नुपर्ने माग राखेका थिए। तर व्यवस्थापनले माग अनुसार दिन नसक्ने बताएको उनले जानकारी दिए।