Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रक्तदान उपमा नभएको महादान

काठमाडौं । कोभिड १९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न गराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै यहि भाद्र १३ गते शनिबारका दिन नेवाः देय् दबू महालक्ष्मी नगर कचाः द्वारा ‘रक्तदान उपमा नभएको महादान’ नाराका साथ आयोजित बृहत् रक्तदान कार्यक्रम सःती त्वाः, महालक्ष्मी नगरपालिकामा सम्पन्न भएको छ ।
स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यद्वारा १६३ औं पटकको रक्तदान गरि शुभारम्भ भएको उक्त बिशेष रक्तदान कार्यक्रममा केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा। मनिता राजकर्णिकार अतिथि र वडा नम्बर ६ महालक्ष्मी नगरपालिकाका वडाध्यक्ष बासुदेव महर्जन प्रमुख अतिथि हुनुहुन्थ्यो । अतिथि डा। मनिता राजकर्णिकर र प्रमुख अतिथि वडा नम्बर ६ महालक्ष्मी नगरपालिकाका वडाध्क्ष बासुदेव महर्जनले संयुक्त रूपमा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई रक्त संकलन थौली प्रदान गर्नु भएको थियो भने कार्यक्रमका सभापति एवं नेवास् देय् दबू महालक्ष्मी नगर कचास्का अध्यक्ष बिजयकुमार महर्जनले सम्मान(पत्र प्रदान गरि सार्वजनिक सम्मान गर्नुभएको थियो । सो बिशेष रक्तदान कार्यक्रमको संयोजन दशबहादुर महर्जनले गर्नुभएको थियो । सो रक्तदान कार्यक्रमका संयोजक दशबहादुर महर्जनले थसि,महालक्ष्मी नगरपालिका भित्र रक्त व्यबस्थापनको क्षेत्रमा बिशेष योगदान पुर्याउनु भएकोले १६३औं पटक सर्वाधिक रक्तदान गर्नुहुने स्वयंसेवी शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले धन्यवादपत्र प्रदान गर्नुभई सम्मान गर्नुभएको थियो । कार्यक्रममा महिला पुरूष गरि जम्मा १०७ जनाले स्वयंसेवी तवरले रक्तदान गर्नुभएको थियो । सहभागी स्वयंसेवी रक्तदाताहरूलाई फ्रेम सहितको प्रमाणपत्र,सर्वाधिक रक्तदान गर्नु हुने स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको तस्बिर अंकित टि शर्ट, पञ्जा,सेनिटाईजर,साबुन र मास्क समेत बितरण गरिएको थियो ।