Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भदौ महिना ठप्प पार्ने निर्णय, निषेधाज्ञा पनि बढाउने तयारी

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि भदौ महिनलाई ठप्प बनाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ । लामो दूरीका सवारीसाधन तथा आन्तरिक उडान भदौ मसान्तसम्म स्थगित भएका छन् । आइतबार साँझ बालुवाटारमा बसेको बैठकले यसअघिको निर्णय परिमार्जन गरी लामो दूरीका सवारीसाधन र आन्तरिक उडान सारेको हो। स्रोतका अनुसार कोरोना संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गरी यो निर्णय भएको हो। कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरेर लामो दूरीका सवारीसाधन र आन्तरिक उडान गर्न तत्काल सम्भव नदेखिएको मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यसअघिको निर्णयमा भदौ १५ देखि आन्तरिक उडान तथा लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने भनिएको थियो। राजधानीमा कोरोना भाइरसका संक्रमित बिरामी बढिरहेको बेला मन्त्रिपरिषदले साबिकको निर्णयमा पुनर्विचार गरेको हो। कोरोना महामारी बढेपछि राजधानी काठमाडौंमा करिब दुई सातायता निषेधाज्ञा जारी छ। जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय बढाउन खोजिरहेका बेला मन्त्रिपरिषदबाट यस्तो निर्णय आएको हो। कोरोना संक्रमण झन बढ्दै गएपछि दुई साताका लागि गरिएको निषेधाज्ञा पनि बढाउने तयारीमा राजधानीका तीन जिल्लाका सिडिओहरु पुगेको बताइएको छ ।