Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डरलाग्दो गरी बढ्यो काठमाडौं उपत्यकामा कोरोना

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको दर डरलाग्दो गरी उकालो लागेको छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा देशभर १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । यस्तै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या२३९ पुगेको छ ।

देशभर १०६९ संक्रमित
पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५२९ पुगेको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ। यस्तै संस्थागत आइसोलेशनमा १० हजार ८३२ र होम आइसोलेशनमा ७ हजार २८० जना रहेका छन् । १२ हजार ८८ जनाको पीसीआर परीक्षण भएको गौतमले बताए । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७६८ रहेको छ भने कुल निको हुनेको संख्या २२ हजार १७८ जना रहेको छ ।