Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सयौं डाँडाँ काट्दै आए वर्षा र गौरव

म्यूजिक भिडियोमा कथा वाचन सहज काम हैन । छोटो भिडियोमा एउटा सिंगो कथा भन्नुपर्दा निर्देशकलाई चुनौती नै हुन्छ । यसैले, नेपालमा बन्ने धेरै भिडियोहरुमा कथा भन्दा पनि पात्रको रोमान्स बढी हाबी हुन्छ । जसमा गीतले भन्न खोजेको परिवेश भन्दा पनि निर्देशकको सहजता खोजिन्छ । तर, केही निर्देशकले भिडियोमा कथालाई महत्व दिन थालेका छन् । जसले, भिडियोले गीतको मर्म भन्न थालेको छ । निर्देशक निकेश खड्काले निर्देशन गरेको ‘सयौं डाँडाँ काट्दै’ बोलको गीत यही परिवेशसँग केन्द्रित छ । स्वेदशमा परिवारसँग रमाउँदै गरेको एक पुरुष वाध्यताले विदेश त पुग्छ, तर उसले सुख भेट्दैन । बिरामी हुँदा तातो पानी दिने जीवनसाथी भेट्दैन । उसले विदेशमा पैसा त कमाउँछ, तर खुशी किन्न सक्दैन । यही कथामा निकेशले यो गीतको भिडियो बुनेका छन् । नायिका वर्षा राउत र नायक गौरव पहारी चम्किला मोडल लाग्दैनन् । तर, उनीहरुको चम्किलो अभिनयले गीतलाई जीवन दिएको छ । विक्रम बरालको स्वरमा समावेश यो गीतमा पासाङ शेर्पाको शब्द, हरि लम्सालको संगीत छ । निकेशले यो भिडियोको छायांकन करिब १ बर्ष अगाडि गरेका हुन् । वुद्ध थापा र इश्वर थापाको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।