Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना भए पनि हामी डराएका छैनौं

काठमाडौं । कोरोना संक्रमण फैलिएसँगै सबै क्षेत्रका मानिस संक्रमित भएका छन् । यही बेला स्त्री तथा प्रसुति रोगका वरिष्ठ विशेषज्ञ डा. भोला रिजाल दम्पत्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ह्याम्स अस्पतालको आइसोलेशनमा भर्ना भएका छन् । डा। रिजालले आफूहरु दुबैजना कोरोना संक्रमित भएपनि थोरै पनि भयभित नभएको बताएका छन् । बुधबार आफ्नो फेसबुक अकाउन्टमा भोला रिजालले श्रीमतीसँगको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘हामी दुबै आज कोरोना संक्रमित भएका छौं तर थोरै पनि भयभित छैनौं । हामीलाई मात्र होइन, सबैले अरुलाई पनि हौसला दिऔं । संक्रमितहरुको मनोबलका साथै स्वास्थ्यकर्मी जो आफ्नो जीवन राष्ट्रको लागि समर्पण गरिरहेका छन्, सबैलाई सलाम छ ।’


सम्बन्धित समाचार