Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज ११ सय २० जना कोरोना संक्रमित थपिए, १२ जनाले ज्यान गुमाए

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ११ सय २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४१ हजार ६ सय ४९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म २३ हजार २ सय ९० जना संक्रमणमुक्त भएका छन् । आज १ हजार १ सय १२ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।

आज १२ जनाले ज्यान गुमाए
देशमा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले छ–छ जना महिला र पुरुषको मृत्यु पुष्टि गरेका हुन् । गौतमका अनुसार आज थपिएकासँगै कुल मृतक संख्या २ सय ५१ पुगेको छ । जसमध्ये एक सय एक सय ८५ पुरुष र ६६ महिला छन् । देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर ०.६० पुगेको छ । मृत्यु दर बढ्दै गएकाले कोरोनाको खतरा झन् बढेको देखिन्छ ।