Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाबु–आमालाई चक्कु हान्ने नालायक छोरा समातिए

काठमाडौँ । बुढेसकालको सहारा होला भनेर हुकाई बढाई गरेका छोरानै आफ्ना लागि खतरा बन्छ भने बुढा बाआमाले गर्ने के ? चन्द्रागिरी नगरपालिका–१ झ्याङ्गाझिटीमा ३२ वर्षी श्री तामाङले आफ्नै बाबु आमालाई चक्कु प्रहार गरेका छन् । शनिवार राति मापसे गरेर छोराले चक्कु प्रहार गरेर ५३ वर्षीय बावु श्याम कुमार तामाङ र ४८ वर्षीया आमा विष्णु तामाङलाई घाइते बनाए । चक्कु हान्ने श्री तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । घाइते दम्पत्तिलाई कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको छ । दम्पत्तिको गर्दनदेखि कानसम्म चोट लागेको छ ।