Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठेकेदारसँग नाम जोडिएपछि डेरा खोज्दै प्रचण्ड

काठमाडौं । बदनाम ठेकेदार शासदारप्रसाद अधिकारीसँग नाम जोडिएपछि नेकपा अध्यक्ष प्रचण्डले डेरा सर्ने निधो गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नाम अनावश्यक रुपमा घरबेटीसँग जोडिएको भन्दै असन्तुष्टि पोखेका छन् । विभिन्न ठेक्का समयमा पूरा नगरेको र राम्रो काम नगरेको कारण विवादमा तानिएका शारदाप्रसाद अधिकारीको ठेक्कासँग आफ्नै कुनै ‘साइनो’ नभएको प्रष्ट पारेका छन् । उनले घरबेटीले के लिन्छन् के गर्छन आफूलाई थाहा नभएको र नयाँ घर समेत खोज्न थालेको बताएका छन् । मैले अर्को घर खोज्न थालेको छु, चण्डले भनेका छन्, उनीसँग गोरु बेचेको साइनो पनि छैन । नले पछिल्लो मल विवादमा आफूले कृषिमन्त्रीलाई नै कारवाही गर्न अनुरोध गरेको पनि बताएका छन् । आज कृषि मन्त्रालय अन्तर्गतको कृषि सामाग्री कम्पनी लिमिटेडले मल आपूर्तिको जिम्मा पाएर समयमै काम नगर्ने दुईवटा कम्पनी र तिनका सञ्चालक कारबाही गरेको छ । लिमिटेडले शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोका मल्टिप्रपोज पक्पनीसँगको ठेक्का सम्झौता रद्द गर्दै धरौटी समेत जफत गरेको छ ।