Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुर्गेशलाई अञ्जुको साथ (भिडियोसहित)

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । उक्त गीत आइतवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा रोशन सिंहले शब्द तथा संगीत सिर्जना गरेका छन् । यस्तै गीतको संयोजन साहस शाक्यले गरेका छन् । त्यस्तै गीतमा मोडल दुर्गेश र गायिका अञ्जु पन्तको स्वर सुन्न सकिन्छ । आधुनिक शैलीको गीतको भिडियो कलात्मक रुपमा खिचिएको छ । गीतमा प्रेमभाव व्यक्त गरिएको छ । गीतको भिडियोमा दुर्गेश थापा र प्राची लामाको अभिनय देख्न सकिन्छ । शिव विकले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका हुन् । यस्तै भिडियोमा सन्तोष महराले खिचेका ड्रोन दृश्य पनि देख्न सकिन्छ ।