Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारको ध्यान कमाउनमै व्यस्त : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाका नाममा सरकारले भ्रष्टाचार गरेको आरोप लगाउँदै संक्रमण बढे पनि सरकारले पीसीआर परीक्षणको दायरा नबढाउने र आइसोलेसनहरू पर्याप्त नबनाएको बताएका छन्देर । सरकारले कोरोनाका नामबाट भ्रष्टाचार गरेको बताउँदै पीसीआरको दायरा नबढाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । अरू देशमा अस्पताल र आइसोलेसन बनाएका छन्। नेपालमा सरकारले केही मतलब नगरेको सभापति देउवाले आरोप लगाएका छन् । स्वास्थ्य सामग्री खरिद लगायतमा अनियमितता भइरहेको भन्दै कांग्रेसले यसअघि पनि छानबिन गर्न माग गरेको थियो। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा आफूहरूले दिएको सुझावअनुसार काम नगरेको पनि देउवाको भनाइ थियो। सरकारले जनताका प्रजातान्त्रिक अधिकार खोस्न खोजिरहेको आरोप पनि देउवाले लगाएका छन्।