Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कैलालीमा अर्को बलात्कार समातिए चार

कैलाली । करणी अभियोगमा होटल संचालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । प्रकाउ पर्नेमा कञ्चनपुर भिमदत्त नगरपालिका ९ का होटल संचालक वर्ष २० को सन्जु पाल रहेका छन् । यसैगरी प्रहरीले करणी अभियोगमा डडेल्धुरा अमरगढी नगरपालिका १ बस्ने बर्ष २० को हेमन्त दियाल, नवदुर्गा गाउपालिका २ बस्ने बर्ष २४ को दिपक भट्ट र अजयमेरु गाउपालीका १ बस्ने २१ को टंक धामीलाई पक्राउ गरेको हो । ४ जनाले पीडिलाई होटलमा बोलाई जबरजस्ती करणी गरेको आरोप छ । जबरजस्ती करणी शीर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।