Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना संक्रमित अहिलेसम्मकै धेरै

काठमाडौं । कोरोना संक्रमण बढ्दै जाने क्रममा शुक्रबार अहिलेसम्मकै धेरै संक्रमित देशभर १ हजार ४५४ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ४५४ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ५१ हजार ९१९ पुगेको छ। हालसम्म ३६ हजार ६७२ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ९७२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या ३२२ पुगेको छ। गत २४ घण्टामा १० हजार ७०१ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ६ हजार ७८ जना क्वारेन्टिनमा रहेका छन्।