Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चितवनमा थप ८७ जनामा संक्रमण

चितवन । देशव्यापी रुपमा कोरोना संक्रमणको दर बढिरहेको बेला चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले गरेको परीक्षणमा थप ८७ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालको कोभिड ल्याबकी प्रमुख डा. नितु अधिकारीले दिएको जानकारी अनुसार गएराति १२ बजेसम्म गरिएको ५३३ नमुना परीक्षणमा ८७ नमुना पोजेटिभ देखिएको छ । नयाँ संक्रमितहरु सबै चितवन जिल्लाका छन् । जसमध्ये भरतपुर महानगरको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, १२ र १५ का २३ महिला र ५० पुरुष रहेका छन् । उनीहरुको भरतपुर अस्पताल र पुरानो मेडिकलको क्वारेन्टिनबाट स्वाब संकलन गरिएको थियो । त्यस्तै रत्ननगरको वडा नम्बर १३ र १५ का २ महिला रहेका छन् भने खैरहनी(१ का २ पुरुष र २ महिला छन् । त्यसैगरी कालिका नगरपालिका वडा नम्बर २, ७ र ८ का ६ जना पुरुष र २ महिला गरी ८ जना छन् । उनीहरुको स्वाब क्वारेन्टिइनबाट लिइएको अस्पतालले जनाएको छ ।