Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रहस्य भक्तुर हत्या काण्डको पर्दा खुल्दै, सुदिपले नै गरे त यति ठूलो अपराध

काठमाडौं । घरमा पालिएको कुकुरलाई समेत ज्यूदो नराखी सबै जनाको हत्यापछि आत्महत्या गरिएको आशंका गरिएको भक्तपुर हत्याकाण्डको पर्दा विस्तारै उघ्रि थालेको छ । भक्तपुरमा ३ जनाको शव भेटिएको प्रकरणमा हत्यापछि आत्महत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

शुक्रवार बेलुका भक्तपुरको थिमि नगरपालिका–६ दुवाकोट केएमसी अस्पताल नजिकैको एक घरमा श्रीमान्, श्रीमती र छोरासहित ३ जनाको शव फेला परेको थियो भने घरमा पालिएको बेलायती कुकुर पनि मृत अवस्थामा फेला परेको थियो । घटनास्थलमा खटिएका प्रहरी अधिकारीका अनुसार घटनास्थल हेर्दा केही शंकास्पद देखिएको छ । सुदिप अधिकारीको शव केही ताजा देखिनु र श्रीमती सम्झना र छोरा सुशान्तको शव सडेको अवस्थामा देखिनुले सुदिपले हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलको प्रकृति हेर्दा श्रीमती र छोराको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने अनुसन्धान अधिकारीहरुले बताएका छन् ।

सम्झना र छोरा सुशान्त तल्लो तलाको आ–आफ्नो कोठाको सुत्ने खाटामा कुहिएको अवस्थामा थिए । सुदिप भने माथिल्लो तलमा कम्भटमा वान्ता गरेको अवस्थामा फेला परेका थिए । रगत र अन्य केही तरल पदार्थ सुकेको अवस्थामा भेटिएको छ । सानो बेलायती कुकुर पनि मरेको अवस्था देखिएकाले सुदिपले हत्या गरेर आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । अर्को पाटो छोरा सुशान्तको शवको माथि ‘रामराम’ लेखेको पहेँलो पिताम्बर कपडा राखिएको थियो भने श्रीमती सम्झनाको शवमा सेतो बुट्टा भएको कपडा ओढाइदिएको अवस्था थियो । दुवै जनाको टाउकोको खप्परमा गहिरो चोट देखिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताए ।

घटनास्थलबाट प्रहरीले ३६ वर्षीय सुदिप अधिकारी, ३४ वर्षीया सम्झना अधिकारी, छोरा सुशान्त अधिकारी र बेलायती कुकुरसहित घटनास्थलमा भेटिएका वस्तुहरुलाई नेपाल प्रहरीको फरेन्सिक ल्याबमा परीक्षणको लागि पठाइएको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापाले बताए । ३ जनाको पोष्टमार्टम र फरेन्सिक ल्याबको अनुसन्धानपछि घटनाका अन्य पाटाहरू खुल्ने एसएसपी थापाले बताए । घटनास्थलको छानबिनका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विज्ञको टोली गएको थियो । शुक्रवार साँझ ५ बजे सुदिप अधिकारीका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको थियो ।