Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरार प्रतिवादीहरु पक्राउhttp://tajanepal.com/wp-admin/post-new.php

काठमाडौं । जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक चौतारा साङगाचोक गडी नगरपालिका(१० बस्ने २७ वर्षीय विजय तामाङ र सोही नगरपालिका-९ बस्ने २८ वर्षीय गाजले भन्ने निकेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंबाट खटिएको प्रहरीले विजय तामाङलाई भक्तपुर सूर्यविनायकबाट बुधबार र निकेश तामाङलाई भक्तपुर बोडेबाट साउन ७ गते पक्राउ गरेको हो ।

जबरजस्ती चोरी मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतको २०७१ पुस २३ गतेको फैसलाले दुवै जनालाई ४ बर्ष १ महिना १५ दिन कैद र ४३ हजार १ सय २५ रुपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय वेरुजु रही फरार रहेका थिए । २०७० सालमा प्रतिवादीहरुले सिन्धुपाल्चोक देउरालीस्थित बाटोमा हिड्ने ब्यक्तिलाई डर त्रासमा पारी नगद रकम जबरजस्ती चोरी गरेका थिए ।

भक्तपुर जिल्ला अदालतले दुवैजना प्रतिवादीहरुलाई कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाएको सो ब्यूरोले जनाएको छ ।