Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्याङ्जामा पहिरोले दुईको ज्यान लियो, नौ जना बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोमा परि स्याङ्जामा दुई जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन् । कालिगण्डकी गाउँपालिका ४ मा पहिरोले दुई घर पुरिएको र एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा क्षेत्रीले बताएका छन् ।
क्षेत्रीका अनुसार बालिङ नगरपालिका ९ कमादीमा गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने नौ जना हराईरहेका छन् । पहिरोमा परि हराएकाहरुको खोजी र उद्धारका लागि नेपाल प्रहरीको टोली परिचालन गरिसकेको क्षेत्रीले बताए ।सांकेतिक तस्बिर