Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संविधानलाई चीनको समर्थन र राजतन्त्रको प्रश्न

नेपालको संविधान २०७२ लाई संविधान जारी भएको दिन गत असोज ३ गते चिनियाँ राष्ट्रपति सी जिन फिङले नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना दिएर वर्तमान संविधान र व्यवस्थाप्रति चीनको समर्थन रहेको सन्देश दिएको छ । तर यो व्यवस्था ल्याउन सहयोग गरेका भारत र सङ्घीयता र धर्म निरपेक्षता जस्ता एजेन्डालाई आफ्नो विजयको रूपमा लिएका अमेरिकालगायत युरोपेली राष्ट्र र पश्चिमाहरूले खुलेर शुभकामना सन्देश पनि दिन चाहेनन् । यो भिन्नताका बीच नेपाली राजनीति घुमिरहेको छ । यसको मूल कारण पछिल्लो चरणमा चीनको उपस्थिति नेपालमा सशक्त हुँदै गएपछि आफैँले ल्याएका एजेन्डा भारत र पश्चिमालाई महँगो सावित हुँदै गइरहेको छ ।

खास गरी चीनविरुद्ध माओवादको व्यानरमा चलाइएको स्वयं माओको देशविरुद्ध स्वतन्त्र तीब्बत र जातीय एजेन्डा तथाकथित नेपालका पूर्वमाओवादीमार्फत् र अर्कोतर्फ पूर्वएमालेभित्रका एनजीओ र आईएनजीओहरूमार्फत् यस्ता गतिविधिहरू चलाइएका थिए, जो चीनविरुद्ध थियो । पछिल्लो चरणमा चीनकै पहलमा नेकपा एकीकृत बनिसकेपछि पश्चिमाहरूले विजारोपण गरेका एमाले र माओवादीभित्रका इन्डो–पश्चिमी एजेन्डाहरू धूलोपीठो बनेका छन् । यता, चीनले नेकपालाई विस्तारै एजेन्डाकेन्द्रित गराउँदैछ । यो अवस्थामा दरबार हत्याकाण्ड र राजतन्त्रको विस्थापनपछि आफ्नो पकडमा नेपाल रहेको विश्वासमा रहेका भारत र पश्चिमाहरू जिल्लिएका छन् । नेपाली राजनीति विस्तारै प्रजातान्त्रिक मोडलको कम्युनिस्ट राज्यसत्तातर्फ अग्रसर भएको छ । यो अवस्थामा एमाले र माओवादीभित्र लगानी लगाएका गैरसरकारी संस्था, स्वतन्त्र तिब्बत पक्षधर र जातिवादीहरूले नेकपालाई एजेन्डामा जान रोक्नका लागि आफ्नो शक्ति लगाएका छन् । यता, काँग्रेस, सेना, पूर्वपञ्चहरू चीन रोक्नका लागि विभिन्न राजनीतिक एजेन्डाको व्यापार गर्न सकिन्छ कि भनेर शक्ति लगाएका छन् । एमसीसीमा कमल थापा, शेरबहादुर देउवा र केपी ओली साथै पूर्वसेनापतिहरू रुकमाङ्गद कटवाल, राजेन्द्र क्षेत्री, गौरवसमशेर राणा एकै ठाउँमा देखिनुबाट पनि पश्चिमाहरू कसरी आइरहेका छन् भन्ने कुरा स्पष्टरूपमा देख्न सकिन्छ ।

यसरी नेपाली राजनीतिमा चीन र पश्चिमाहरू आमने–सामने भएको अवस्था छ । भारत नेपाली राजनीतिको रिङबाट बाहिरिएको छ । भारत न त खुलेर अमेरिकी कित्तामा उभिन सक्छ न त चीनको कित्तामा । तथापि घुमाउरो रूपमा भारत अमेरिकी कित्तामा रहेको सहजै अन्दाज गर्न सकिन्छ । यो संविधान र व्यवस्था ल्याउन पहल गर्ने भारत र अमेरिकालाई चीनको सशक्त उपस्थितिले कम्बोडियामा जस्तो खाउँ भने कान्छा बाबुको अनुहार, नखाउँ भने दिनभरिको सिकार भने जस्तै भएको छ । राजा वीरेन्द्रको हत्या गर्दै चीन रोक्न राजतन्त्रको विस्थापन गरेको कथित नाम मात्रको नेपाली नामको भारत र अमेरिकी सेना विघटन हुँदैछ । किनभने नेपाल प्रहरी जनताको बीचमा छ भने सशस्त्र प्रहरी सीमा सुरक्षामा । यो कथित सेना जन्ती, मलामी र सलामीमा युएनको शान्ति सेनामा सीमित रहेको अवस्था हो । यसको नेपाल राष्ट्रसँग कुनै सरोकार छैन । यस कारण यो सेना विघटन गर्दा नै राष्ट्रियताको रक्षा हुन सक्छ ।

यो अवस्थामा अझै केही समय नेपाली राजनीति शक्ति राष्ट्रहरूको तानातानमा रहने छ । आगामी निर्वाचनले काँग्रेस कोमिन्ताङ र च्याङकाइसेक जस्तै आर्यघाटको ब्रम्हनालमा सेलाउने छ भने विस्तारै कम्युनिस्टको विकल्पमा परम्परागत कन्जरभेटिभ दलको उदयको मार्ग खुल्ने छ । पुरानो राजतन्त्र कम्बोडिया या लाओसमा जस्तै आफ्नो कित्ता प्रष्ट पार्नुपर्ने छ । अन्यथा इतिहासको पानामा मात्रै समेटिने छ । यो संविधानलाई चीनले गरेको समर्थनबाट बुझ्नुपर्ने चुरो कुरा यही हो ।

पूर्वराजालाई खुलापत्र
महाराजले मेरा तीता अभिव्यक्तिहरू हेरिबक्सेकै होला । जेष्ठ १५ गणतन्त्र घोषणा र जेष्ठ १९ दरबार हत्याको सन्दर्भमा यो खुल्लापत्र । महाराज ! कृष्णप्रसाद भट्टराई र केशरजङ्ग रायमाझीबाहेक तपाईंहरूले पालेका कर्मचारी मण्डलेहरू सबैभन्दा राष्ट्रघाती र गणतन्त्रवादी पनि हुन् । एमसीसी प्रकरणमा र पछिल्लो महेन्द्रमाथि हमला गर्न पञ्चायतले पालेका कर्मचारी र पञ्चहरू आए । गणतन्त्र ल्याउन पहल गरे भनेर पुस्तक लेख्ने तपाईंका बुबाले ल्याएका आमाले उमेर सच्याउन लगाएर पालेको सर्प रुकमाङ्गतको पुस्तक हेर्नुभएकै होला । यो संविधान संसारकै उत्कृष्ट संविधान भन्ने कमल थापाको अनुहार हेर्दा कस्तो लाग्दो हो ।

फेरि पनि भ्रममा नपर्नोस्, तपाईंका अहिलेका सबै कारिन्दा सचिवहरू महेन्द्रविरोधी सीआईए र ‘रअ’ का जासुस हुन् । अहिले बजारमा महेन्द्रले कालापानी दिए भन्नेहरू तपाईंका सचिवले चलाइरहेका छन् । यी स्वाइनफ्लु लागेका सुँगुर हुन् भने तपाईंको नाममा यिनले रेबिज लागेका भुस्याहा कुकुर परिचालन गरेका छन् । त्यो रोक्नुस् । कम्बोडिया र लाओसको राजतन्त्रको इतिहास पढ्नुहोला । त्यो भन्दाबाहिर तपाईंको स्पेस छैन । तपाईंको नाममा देखिने रेबिजहरू जासुस हुन् । चिनियाँ राष्ट्रपतिले नेपालबाट पश्चिमालाई धूलोपीठो पार्ने अभिव्यक्ति मनन गर्नुहोला । दरबार छोड्दा मेरो बारेमा बोलिदिने कोही भएन भनेको याद छ । हामी बोलिराखेका छौँ दरबार हत्या सेनाले गरेको हो । सेनाको बेबिकिङ सीआईए एजेन्डा र ‘रअ’ को सांस्कृतिक राजा बाबुराम भट्टराई र रुकमाङ्गतमार्पmत् आएको एजेन्डा अस्वीकार गरेर राष्ट्रको हितमा उभिएको कुराको इतिहासले मूल्याङ्कन गर्ने नै छ । महाराज ! फेरि भनेँ लाओसको इतिहास हेर्नुहोला ।

स्वाइन्फ्लु लागेका तपाईंका सचिव कारिन्दा रेबिज लागेका मण्डलेबाट सचेत रहनुहोला । यिनीहरू नागार्जुनबाट लखेटेर तपाईंलाई दलाई लामा बनाउन खोजिरहेका छन् । मैदानमा हामीले यिनीहरूलाई नाङ्गेझार बनाउन कुनै कसर बाँकी राख्ने छैनौँ । हेक्का रहोस् । एमसीसीमा उभिएर कसैले राष्ट्रवादको खेती गर्न खोजेको छ भने त्यो हाम्रो निसानामा पर्ने छ । फेरि दोहो¥याएर भनेँ लाओसको इतिहास हेर्नुस् । वरिपरि घेरेर बसेका जासुस सचिवबाट बच्नुस् । चिनियाँ रास्ट्रपति सीको पश्चिमी शक्तिलाई साफ गर्ने नेपालबाट दिएको अभिव्यक्ति मनन गर्नुस्, यसैमा कल्याण छ । उही तपाईंको शुभचिन्तक । यो पुस्तक पठाइदिएको थिएँ, फुर्सदमा हेर्नुहोला ।

विष रोपेर अमृत फल्दैन, विष नै फल्ने छ । कमल थापा रुक्माङ्गत र पछिल्लो एमसीसीमा बोलेको यिनीहरूको शब्द र अनुहार हेर्नुस् । राजाका नाममा दरबारले पालेको विष कति घातक रहेछ । महेन्द्रमाथि हमला गर्न नवराज सुबेदी, भेषबहादुर थापा, हिमालयसमशेर जबरा, बुद्धिनारायण श्रेष्ठ, पुण्य ओली, तोया बराल सबै हिजो दरबारले पालेका अहिले रेबिज लागेका कुकुरहरूको अनुहार हेर्दा महाराजलाई कस्तो लाग्दो होला ? अहिले पनि तपाईंका सचिवले यही खेती गरिरहेका छन् । पच्चीस प्लस समूह नामको जासुसी अखडा सार्वजनिक भएको मात्र हो । अरू पनि धेरै छन् । सन्दर्भअनुसार नाङ्गेझार पार्ने नै छ ।


सम्बन्धित समाचार