Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । वामदेवका कारण नेकपामा फेरि भाँडभैलो शुरु भएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेवको बाटो अदालतबाट रोक्ने प्रयास थालेपछि नेकपामा भाँडभैलो शुरु भएको हो । पार्टीभित्रको विवाद मत्थर भएको भनिए पनि वामदेव संसद छिरेपछि फेरि भाँडभैलो शुरु भएको हो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल जसरी पनि वामदेव र नारायणकाजीलाई सत्तामा लाने तयारीमा देखिएपछि अदालतको भाउँतो भिराएर ओलीले वामदेवलाई रोकेपछि सोही नजिर नारायणकाजीमा पनि लागू हुने भएका कारण अहिलेको मन्त्रिपरिषद् पुनर्गठन लम्बिएको हो ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार हुने भनिएको भेटवार्ता एकाएक स्थगित भएको छ । ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनगर्ठन पनि अनिश्चित भएको छ । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत विहीबारयता दैनिकजासो भेटवार्ता हुँदै आएको थियो । मंगलबार दुई नेताबीच भएको छलफलमा भेटवार्तालाई निरन्तरता दिँदै जाने सहमति भएपनि अध्यक्ष प्रचण्डले आजको भेटवार्ता स्थगित गर्न आग्रह गरेपछि भेटवार्ता स्थगित भएको स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिए । उनले बुधबार हुने भनिएको दुई अध्यक्षबीचको भेटवार्ता स्थगित भएको तर कारणबारे आफूलाई थाहा नभएको रातोपाटीलाई जानकारी दिए ।
भेटवार्ता स्थगित हुनुको कारणबारे अध्यक्ष प्रचण्डको सचिवालयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । यसअघि लगातार भएका छलफल र भेटवार्तामा दुवै अध्यक्षले आआफ्ना अडान नछोड्दा मन्त्रिपरिषद पुनगर्ठनमा ढिलाई भइरहेको छ । प्रधानमन्त्री समेत रहेका केपी ओली अहिलेको मन्त्रिमण्डलमा रहेका धेरैजसो मन्त्रिहरुलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्ड राम्रो पर्फमेन्स देखाउन नसक्ने मन्त्रिहरुलाई विदाइ गरेर नयाँ र काम गर्नसक्नेलाई समेट्नुपर्ने पक्षमा छन् ।
स्थायी समिति र सचिवालय बैठकको म्याण्डेटलाई समेत ख्याल गरेर मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने भएपनि उक्त म्याण्डेट विपरित ओली जान खोजेपछि सहमति जुट्न नसकेको प्रचण्ड पक्षको बुझाई छ ।
गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठक र असोज ४ गते सम्पन्न सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो । ति दुवै बैठकले अध्यक्षद्धयको सहमतिका आधारमा मापदण्ड तय गर्ने र सोही आधारमा नयाँ मन्त्री छनोट गर्ने टुुंगो लगाएको थियो । तर त्यसपछि मापदण्डबारे छलफल गर्न जुटेका ओली र प्रचण्ड आआफ्नो अडानबाट टसको मस नभएपछि कुरा मिल्न सकेको छैन ।
गौतमको सुनुवाइ संवैधानिक इजलासमा
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले नेकपाका उपाध्यक्ष वामदेव गौतम विरुद्ध संसदको सदस्य बन्न अयोग्य रहेको दावी गर्दै हालेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासबाट फैसला हुने भएको छ । उक्त मुद्धालाई आजको पेसी सूचीमा इजलास नं. पूर्ण १ मा राखिएको छ । यो संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अतिरिक्त न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र इश्वर खतिवडा छन् । असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमले संसद सदस्य भन्दा माथिको पद लिन नपाउने अन्तरिम आदेश गर्दै आजको लागि सुनुवाई तोकेको थियो ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल