Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गृहमन्त्रीको अभिव्यक्तिप्रति ऋचाको कडा आपत्ति

काठमाडौं । कलाकार ऋचा शर्माले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् । गृहमन्त्री थापाले हालै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा ‘विश्व परिवेशमा हेर्दा नेपालमा बलात्कारका घटना चिन्ताजनक नभएको’ बताएका थिए । थापाको यो अभिव्यक्तिलाई लिएर कलाकार शर्माले सामाजिक सञ्जालमार्फत असहमति प्रकट गरेकी हुन् । शर्माले बलात्कारको विषयमा विगतमा सांसद रामनारायण विडारी, पूर्व गृहमन्त्री वामदेव गौतम र अहिलेका गृहमन्त्री बादलले दिएको अभिव्यक्तिले चिन्तित बनाएको बताएकी छिन् ।
ऋचाले इतिहासमा यसबारेमा लेखाजोखा हुने पनि उल्लेख गरेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्ः
१. यस्तो बेला बलात्कार भैरहन्छ – भूकम्पपछि तत्कालीन गृहमन्त्री बामदेव गौतम ।
२. बलात्कार पुँजीवादीले गराएको हो –निर्मला हत्याकाण्डपछि गृहमन्त्री रामबहादुर थापा ।
३. बलात्कार भनिएको केसमा ९० प्रतिशत महिलाले इन्जोइ गर्छन् – रामनारायण बिडारी ।
४. दिनमा ७ जति मात्रै बलात्कार, चिन्ता लिनुपर्ने अवस्था होइन – गृहमन्त्री रामबहादुर थापा ।’
याद राख्नुहोला यी नामहरू इतिहासमा लेखाजोखा हुनेछ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल