Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रदेश ५ को राजधानी परिवर्तनसँगै आगो सल्काउँदै कांग्रेस सडकमा

बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्ताव अघि बढेपछि कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ । शुक्रबार प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीले राजधानी र नामकरण निर्धारणसम्बन्धी कार्यविधि पेस गरेर प्रस्ताव अगाडि बढाएपछि कांग्रेसका कार्यकर्ताले सडकमा प्रदर्शन गरेका हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीलाई अस्थायी राजधानी तोकेकोले स्थायी राजधानी सोही ठाउँलाई बनाउनु पर्ने उनीहरुको माग छ । कांग्रेस जिल्ला सभापती अब्दुल रज्जाकद्वारा विज्ञप्ति जारी गर्दै बहुसंख्यक जनताको केन्द्र, पूर्वाधारका हिसाबले उपयुक्त रुपन्देहीबाट राजधानी सारेर दाङ लैजाने नेकपा सरकारको निर्णयप्रति कठोर आन्दोलन सुरु भएको जनाएका छन् ।
यसैबीच, प्रदेश न ५ को राजधानी दाङ देउखुरी लैजाने सरकारको निर्णयपछि नेपाल विद्यार्थी संघले पनि बुटवलमा विरोध प्रदर्शन गरेको छ । शुक्रबार प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले राजधानी र नामाकरण निर्धारणसम्बन्धी कार्यविधि पेस गरेर प्रस्ताव अघि बढाएपछि नेविसंघले बुटवलका विभिन्न स्थानमा टायर बालेर नारा जुलुस सुरु गरेको हो । बुटवलको अस्पताल लाइनमा विरोध प्रदर्शन भइरहेको छ । प्रदेशसभा भवन अगाडि कालिकापथमा एक गाडीमा समेत तोडफोड गरेको जनाएको छ ।


सम्बन्धित समाचार