Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दशैं आसपास कोरोनाले उग्र रुप देखाउने, आजै थपिए २२५३ जना संक्रमित

काठमाडौं । हिन्दूहरुको ठूलो पर्व दशैं नजिकिएसँगै चहलपल बढेको छ । बजार पनि विस्तारै खुल्न थालेका छन् भने लामो दूरीका सवारी पनि चल्न थाले । योसँगै कोरोना संक्रमणको ग्राफ पनि ह्वात्तै बढेर गएको छ । यही अवस्था जारी रहने हो भने दशैं आसपास कोरोना संक्रमणको भयावह अवस्था आउने आँकलन स्वास्थ्यकर्मीहरुले गर्न थालेका छन् । पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् । आज १२ हजार ७८४ जनाको पीसीआर भएको छ । यस्तै देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ। यसैगरी कोरोनाबाट आज थप ७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल