Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजधानीमा कोरोना संक्रमण भयावह बन्दै, एकै दिन १५९९ संक्रमित

काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । बितेको २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ३२९ जना निको भएको जानकारी दिए ।

यससँगै देशभर निको हुनेको संख्या ६४ हजार ६९ पुगेको गौतमले बताए । हाल कोरोना संक्रमितको कुल संख्या ८६,८२३ पुगेको छ । यसैगरी आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेको छ । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकमा १५९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी कुल १५९९ जनामा संक्तमण पुष्टि भएको हो। यसैबीच कोरोनाबाट आज थप ७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल