Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको मनपरी सुनुवाई समितिले रोक्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई कुनै योगदान नपुर्याए पनि निरन्तर सत्ताको वरिपरि च्यापिराखेका डा. युवराज खतिवडाविरुद्ध पार्टीभित्रै आक्रोश चुलिएको छ । संसदको सार्वजनिक सुनुवाई समितिले खतिवडालाई रोक्न सक्ने अवस्था रहेको छ । किनकि नेपाली काँग्रेस पनि डा. खतिवडाप्रति प्रधानमन्त्रीको लालसा रुचाएको छैन । खतिवडा अर्थमन्त्री पदमा रहँदा जनताको हितभन्दा तस्कर र माफियाहरुको सेवा गरेकाले काँग्रेस पनि लज्जित भएको बताएको छ ।
दुई वर्ष सांसद र अर्थमन्त्री, छ महिना सांसदबिनाका अर्थमन्त्री बनाएर पार्टीको बदनाम गरेका डा. युवराजख खतिवडाप्रति प्रधानमन्त्री केपी ओलीको हनुमान चालिसा किन जाग्यो ? जसले राष्ट्र र जनताको चासो दिएन, भ्रष्टाचारी र तस्करीतन्त्रलाई सघायो । जनता सतायो, साहु–महाजनको हितमा राजस्व घटबढ गरायो । प्रधानमन्त्रीलाई सरकारले परिणाम नदिएको देशको राजस्व ध्वस्त भएको थाहा छ । तर तिनै खतिवडालाई किन अमेरिकाको राजदूत बनाइयो ? प्रशासनिक क्षेत्रको असफल र असक्षम सचिव लोकदर्शन रेग्मीलाई नै किन बेलायतको राजदूत बताइयो ? रेग्मीले प्रशासनको सुधारमा कहाँ सघाए ? प्रहरी आईजीपी नियुक्ति विवाद यिनकै समयमा भयो । सचिवले अडान लिएको भए त्यो बेला किचलो हुँदैनथ्यो । सुन तस्करी चम्काउने गिरोह यिनकै पालामा बलवान भयो । यी दुवै अनुहार देशका लागि हितकार थिएनन् ।

प्रम ओलीले यिनको नियुक्तिका लागि पार्टीमा समेत छलफल गरेनन् । अहिले विवाद फेरि चर्काइँदैछ । राधिका शाक्यले युवराज खतिवडाको पक्ष लिनुपर्ने कारण के थियो ? सबैलाई थाहा छ । खतिवडा राष्ट्र बैङ्कमा छँदा शाक्य पनि त्यहीँकै कर्मचारी थिइन् वा झापाबासी भएपछि जस्तै मण्डलेहरू पनि प्रम ओलीका प्यारा बन्छन् । तिनले पार्टीको राजनीति गर्नुपर्दैन, सहयोग नगरे पनि हुन्छ । डा. खतिवडा नै एमाले होइनन् न त लोकदर्शन रेग्मी नै एमाले हुन् । प्रशासनिक क्षेत्रलाई लथालिङ्ग बनाएर रेग्मी बेलायतको राजदूत हुने आर्थिक रूपमा देशलाई टाट पार्ने युवराज खतिवडा पार्टीमा सल्लाह नगरी अमेरिकाको राजदूत बनाउने घोषणा भयो । संसद्को सार्वजनिक सुनुवाइ समितिले यी दुवैलाई अस्वीकृत गरेर प्रम ओलीको हैकमवादी चिन्तनलाई तह लगाउने आँट गर्छ ? यो प्रश्नले अहिले बजार पाएको छ ।  त्यही समितिले असक्षम, अयोग्यलाई प्रधानन्यायाधीश बनाउँदा सर्वोच्च अदालतले श्रमितीका हत्यारालाई जेलमुक्त गरेको सबैलाई थाहा छ ।

 


सम्बन्धित समाचार