Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकै दिन हालसम्मकै धेरै ३४३९ जनामा कोरोना संक्रमण, राजधानीमै १६८४ जना

काठमाडौं । नेपालमा एकैदिन ३ हजार ४३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १६८४ जना रहेका छन् । यससँगै देशभर कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिए ।
सरकारले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारले यो निर्णयलाई निरन्तरता दिन्छ या परिमार्जन गर्छ भन्नेमा चाहिँ थप जानकारी दिइएको छैन । यसैगरी आज संस्थागत आइसोलेशनमा १० हजार ५९६ जना र होम आइसोलेशनमा १४ हजार ४११ जना रहेका छन् । यस्तै आज १४ हजार २०९ जनाको कोरोना परीक्षण भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ११२६ जना निको भएपछि निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल